
काठमाडौँ, असार १ । शुक्रबारको तुलनामा आज काठमाडौं उपत्यकाको तापक्रम केही घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज साँझदेखि यहाँ केही शीतल बढ्ने छ ।
आज साँझदेखि काठमाडौं उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिँदै आज दिउँसो र राति यहाँ मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताए ।
मनसुन पूर्वबाट क्रमशः पूर्वबाट पश्चिमतर्फ सर्दै गए पनि यसलाई प्रिमनसुन गतिविधिका रुपमा लिनुपर्ने बताए ।
शुक्रबारको तुलनामा आज आंशिकदेखि सामान्य बदली रहने मौसमविद् पुडासैनीले बताए ।
आज यहाँको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म रहने विभागले अनुमान गरिएको छ ।
शुक्रबार अधिकतम तापक्रम ३३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो ।