काठमाडौं, जेठ ३२ । यहि असार ३ गते सरकारले सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै असार ३ गते सोमबार बक्र इदको अवसरमा सार्वजनिक बिदा दिएको उल्लेख गरेका छन् ।
सरकारले मुस्लिम धर्मावलम्बीको पर्व बक्र इद (उल अजहा)को अवसरमा बिदा दिने निर्णय गरेको छ ।