फुङ्लिङ, जेठ ३२ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।
फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बु, उनकी श्रीमती जसमाय र लिम्बु दम्पतीकी छोरी नौ वर्षीया गङ्गा र जमुनाको पहिरोमा पुरिएर मृत्यु भएको पक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईले जानकारी दिए ।
यसैगरी ४० वर्षीय युगेन लिम्बू सँगै उनकी तीन वर्षीया छोरी घाइते भएका छन् ।
बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रका ६ वटा पुल बगाएको छ । पुल बगाएपछि यातायातका सवारी साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।










