कुबेतमा रहेको लेवर क्याम्पमा आगलागी हुँदा ४३ जना कामदारको मृत्यु


काठमाडौं, जेठ ३० ।  कुबेतको मङ्गाफमा रहेको लेवर क्याम्पमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ । कुन देशका मजदुरको मृत्यु भएको हो भन्ने खुल्न सकेको छैन । त्यो क्याम्मा नेपालीहरु पनि बस्ने गर्दथे । कुबेतस्थित नेपाली दूतावासका अनुसार उनीहरुको अवस्थाबारे यकिन जानकारी छैन ।

कुबेतस्थित एनबीटीसी कम्पनीका कार्यरत श्रमिकहरु बस्ने क्याम्पमा आगलागी हुँदा ४१ श्रमिकहरुको मृत्यु भइसकेको आन्तरिक मन्त्रालयले जनाएको छ ।

आगलागीमा नेपाली कामदारको संलग्नता थियो वा नभएको विषयमा अनुसन्धान भइरहेको कुबेतस्थित नेपाली दूतावासले जनाएको छ ।

‘क्याम्प र अस्पतालमा दूतावासको टोली खटाइएको छ, प्रहरी र कम्पनी व्यवस्थापनसँग समन्वय भइरहेको छ,’ घटनास्थलमा रहेका नेपाली दूतावासका उपप्रमुख सुजन बिडारीले ईकान्तिपुरसँग भने, ‘नेपालीहरूले त्यस कम्पनीमा काम गरिरहेका छन् । तर उक्त कम्पनीमा नेपालीहरु परे नपरेको पुष्टि भएको छैन ।

बुधबार बिहान साढे ४ बजे क्याम्पको तल्लो तल्लाको एउटा कोठाबाट आगलागी भएको थियो । कम्पनीमा करिब एक सय ६० जना कामदार बस्दै आएका छन् । तीमध्ये अधिकांश भारतीय कामदार रहेका छन् । मन्त्रालयका अनुसार १५ घाइतेको जाहरा, अल अदान, अल फरमानिया, अल अमिरी मुवारक अस्पतालमा उपचार भइरहेको छ।

आन्तरिक मन्त्री शेख फहाद अल(युसुफ अल(सबाहले आगलागी भएको भवनको मालिक, सुरक्षागार्ड र कम्पनी मालिकलाई पक्राउ गर्न आदेश दिएका छन्।

आगलागी कम्पनी र भवन मालिकको लोभको परिणाम हो, आगलागी स्थलको निरीक्षणपछि मन्त्री सावाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको