
काठमाडौं, जेठ ३० । रुपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् ।
दाङबाट काठमाडौं आउँदै गरेको रा १ ख २७८३ नम्बरको बस गए राति ११ः५० बजे रुपन्देहीको सैनामैना नगरपालिका–१० सालझन्डी बजारको पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किएको थियो।
दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।
घाइतेहरुलाई चौराहा अस्पताल बुटवल, एडमनसिटि हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएको थियो।
आयतबार बिहानसम्म १९ जना डिस्चार्ज भएको र बाँकी २४ जनाको उपचार भइरहेको डिएसपी भट्टले जानकारी दिए ।
सडकमा रोकिएको ट्रकका चालकको खोजी भइरहेको डिएसपी भट्टले जानकारी दिए ।
बसका सहचालक भने गम्भीर घाइते भएका छन् । र बसका सहचालकको नाम नखुलेको पनि बताइएको छ । उनको चौराहा हस्पिटलमा उपचार भइरहेको छ ।