
भक्तपुर, जेठ २९ । ‘लाइट स्टोन’ देखाएर १० लाख रुपैयाँ ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा भीमेश्वर नगरपालिका–६ चन्द्रागिरी बस्ने ३७ वर्षीय अम्मरबहादुर तामाङ र नुवाकोट शिवपुरी गाउँपालिका–३ का घर भई सितापाइला बस्ने ४२ वर्षीय दिल बहादुर दमाई र नुवाकोटकै दुप्तेश्वर नगरपालिका-५ घर भई हाल दधिकोट बस्ने ३३ वर्षीय सुनिल तामाङ रहेका छन् ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका ४ थान मोबाइल र विभिन्न बैंकको चेकबुक बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी चौकी भक्तपुर पठाइएको छ ।
उनीहरुले असार २१ गते काठमाडौं नरेफाँट भीमबहादुर कार्कीलाई आफूहरूसँग लाइट स्टोन रहेको भन्दै १० लाख रुपैयाँमा बिक्री गरेको प्रहरीको आरोप छ ।