असार दोस्रो साताभित्र एसइईको नतिजा सार्वजनिक गर्ने तयारी


जेठ २९ । राष्ट्रिय परीक्षा बोर्ड, असार दोस्रो साताभित्र परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ ।

कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अंक प्रविष्टि गराउने काम सकिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार असारको दोस्रो साताभित्र नतिजा सार्वजनिक गरी अन्य आवश्यक कामलाई तीव्रता दिइएको छ ।

५२ वटा परीक्षा केन्द्रमा उत्तरपुस्तिका परिक्षण गरिएको छ । बोर्डले गत वर्षको एसइईको नतिजा असार २४ गते सार्वजनिक गरेको थियो भने यस वर्ष अलि छिटो नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । गत चैत १५ गतेदेखि सञ्चालन भएको यस वर्षको एसइईमा नियमित ४ लाख ६७ हजार र ग्रेड वृद्धिका लागि २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको