
काठमाडौँ, जेठ २९ । नेपाली बजारमा लगातार तेस्रो दिन सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ तोकिएको छ ।
आइतबार र सोमबार सुनको भाउ १ लाख ४१ हजार रुपैयाँ थियो । यसअघि शुक्रबार सुनको भाउ एक लाख ४५ हजार रुपैयाँ तोकिएको थियो ।
त्यस्तै मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँमा कायम रहेको छ भने चाँदीको मूल्य भने केही घटेको छ ।
महासंघले प्रकाशित गरेको मूल्यसूचीमा सोमबार चाँदी तोलामा १ हजार ८ सय २५ रुपैयाँ र मंगलबार १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको उल्लेख छ ।