
बैतडी जेठ २६ । दार्चुलाको लेकम गाउँपालिका १ बित्थडका ५० वर्षीय तिखुरे खत्री बैतडीमा मृत फेला परेका छन् ।
टिखुरेको शव शुक्रबार साँझ डिलाशैनी गाउँपालिका–६ बांगाबगरमा सडकको २० मिटर तल खाल्डोमा घोप्टो परेको अवस्थामा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले उनको मृत्युको कारण भने खुलाएनन् ।
मृतकको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल लगिएको उनले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।