काठमाडौं, जेठ २३ । चीनले नेपाली सेनालाई दिएका मापदण्ड फेल गाडी दर्ता गर्ने व्यवस्था आर्थिक विधेयकमा राखिएको विषयमा संसदमा नेपाली कांग्रेसले प्रश्न उठाएको छ ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका महामन्त्री गगन थापाले यस विषयमा अर्थमन्त्री वर्षमान पुनलाई प्रश्न गरेका हुन् ।
चीनले दिएको सवारीसाधन दर्ताको विषयलाई करसम्बन्धी व्यवस्था भयो र आर्थिक ऐनमा किन समावेश गर्नुभयो ? यसको जवाफ चाहन्छु,’ थापाले अर्थमन्त्री पुनलाई प्रश्न गरे ।










