
दिल्ली, १९ जेठ । गर्मी असह्य भएपछि मानिसहरु राहतका लागि जुस र चिसो पेय पदार्थको सेवन गर्छन् ।
सस्तो हुने भएकाले जुसमा धेरैले उखु रोज्छन् । यसैबीच, भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर) ले उखुको रस बारे नयाँ चेतावनी जारी गरेको छ। उखुको रसमा चिनीको मात्रा बढी हुने भएकाले स्वास्थ्यको दृष्टिकोणले उखुको जुस कम खान भनिएको छ। स्वस्थबद्र्धक खानपिन व्यवहारलाई बढवा दिन हालै आईसीएमआरले राष्ट्रिय पोषण संस्थान (निन)सँग मिलेर १७ ओटा नयाँ निर्देशिका जारी गरेको थियो ।
गुलियोको मात्रा अत्यधिक मात्रामा हुने उखुको जुसलाई निर्देशिकामा भनिएको छ । प्रत्येक सय मिलिग्राम उखुको रसमा १३ देखि १५ ग्राम चिनी हुन्छ । गर्मीमा उखुको जुस धेरै पिउने गरिन्छ तर यसमा चिनीको मात्रा बढी हुने भएकाले यो अस्वस्थकर हुन्छ र यसको सेवन कम गर्नुपर्छ । वयस्कहरूले दिनमा ३० ग्रामभन्दा बढी चिनी खान नहुने स्वास्थ्य विज्ञहरू बताउँछन्। ७ देखि १० वर्षका बच्चाहरूलाई प्रति दिन २४ ग्राम भन्दा बढी चिनी उपभोग नगर्न सल्लाह दिइन्छ।