अत्याधिक गर्मीका कारण नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो


नेपालगञ्ज, १९ जेठ । अत्याधिक गर्मीका कारण बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ ।

असार ७ गतेसम्म उपमहानगरपालिकाले विद्यालयलाई गर्मी बिदा दिएको छ । अत्याधिक गर्मी र ‘लु’का कारण असार २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय गरिएको पालिकाका महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए । यसअघि नेपालगन्ज उपमहानगरपालिकाले जेठ १५ देखि १८ गतेसम्म गर्मी बिदा दिएको थियो । उपमहानगरपालिकाको शिक्षा महाशाखाको क्यालेन्डरमा यस वर्ष जेठ २ गतेदेखि असार १४ गतेसम्म गर्मी बिदा दिइने उल्लेख छ ।

नेपालगन्ज उपमहानगरपालिका भित्रका विद्यालयमा असार ९ गतेदेखि पठनपाठन हुने बताइएको छ । केही दिनअघि नेपालगन्जको अधिकतम तापक्रम ४४ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको