ललितपुर, जेठ १४ । ललितपुरको सातदोबाटोमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
सोमबार दिउँसो १२ः३० बजे ललितपुर महानगरपालिका सातदोबाटोमा सडक पार गर्ने क्रममा एक महिलालाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
काभ्रे धुलिखेल निवासी ४० वर्षीया अप्सरा दाहाललाई न.८ छ ७५०६ नम्बरको ट्रकले ठक्कर दिएको हो।
ठक्करपछि गम्भीर घाइते भएकी उनलाई उपचारको लागि पाटन अस्पताल लगिएको थियो।
उपचारको क्रममा उनको पौने १ बजे मृत्यु भएको एसपी सुवेदीले बताए।
प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।










