
काठमाडौं, जेठ १३ । नेपाल आइडलबाट उदायका किरण भुजेल र ममता गुरुङको नयाँ गीत ‘तिमी सुस्तारी छेउ आइदेउनु बजारमा ल्याएका छन्। नवीन श्रेष्ठको लेखेका शब्दमा नागेन्द्र श्रेष्ठले संगीत भरेका छन् भने एरेन्ज राहुल प्रधानले गरेका छन्। गीतमा मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका छन्।
दुई जोडीको प्रेमकथालाई कलात्मक रुपमा प्रस्तुत गरिएको गीतको भिडियो नागेन्द्र श्रेष्ठको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । केशवराज भट्टले निर्देशन गरेको भिडियोमा किरणसँगै ललना चिमोरिया, सम्राट अधिकारी, प्रिन्शिखा श्रेष्ठको अभिनय रहेको छ । विशाल थापाले खिचेको भिडियोलाई कलर र सम्पादन दिनसन शाहले गरेका छन्।