
जेठ ११ । नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरिएन्ट
‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ।
जेठ २ मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विभिन्न १२ वटा नमूनाको जिन स्क्विेन्सिङ्ग गर्दा १२ वटामा केपी.१ र १७ वटामा केपी.२ सब भेरिएन्ट पुष्टि भएको जनाएको छ।
प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीका अनुसार विश्व स्वास्थ्य सङ्गठनले केपी।२ नामक सब भेरिएन्टमा थप अध्ययन अनुसन्धान भइरहेको बताएको छ ।
केपी १ र केपी २ बढी संक्रामक भएको वा मृत्यु हुने भन्ने कुनै प्रमाण नभेटिएकाले आत्तिनुभन्दा होसियार हुन जैसीले आग्रह गरे ।
ओमिक्रोनको यो सब भेरिएन्ट हालसम्म मभारत, सिङ्गापुर, अमेरिका र अन्य अफ्रिकी देशहरूमा देखिएको छ।