धावनमार्गमा ‘खाल्डो’ परेपछि सबै उडान पौने घण्टाका लागि बन्द


काठमाडौं, जेठ ११ ।   त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावनमार्गमा सानो आकारको खाल्डा परेपछि सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान पौने घण्टाका लागि बन्द भएका छन् ।

धनवमार्गको ०२ (कोटेश्वर तर्फ) खण्डमा साना खाल्डा परेपछि सबै उडान अवतरण बन्द गरिएको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।

ूउडानको सुरक्षाका लागि सबै उडान अवतरण रोकिएको छ, मर्मतपछि सुक्न समय लाग्ने भएकाले ४५ मिनेटका लागि सबै उडान अवतरण रोकेका छौँ ।

अहिले धेरै वायुसेवाका जहाज ललितपुरमाथि होल्ड गरिरहेका छन् । थाइल्यान्डको बैंककबाट आइरहेको थाई एयरवेजदेखि आन्तरिक उडान पनि होल्ड गरिरहेका छन् । onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको