राष्ट्रपति पौडेलद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन


काठमाडौँ, जेठ ४ ।  राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन छ ।

‘सक्षम कानुन व्यवसायी, मर्यादित बारः न्यायापालिकाको पुनःसंरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने नाराका साथ नेपाल प्रज्ञा-प्रतिष्ठान काठमाडौँमा आजदेखि सुरू भएको तीनदिने सम्मेलनको राष्ट्रपति पौडेलले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरुको उपस्थिति रहेको छ।

जेठ ४ देखि ६ गतेसम्म हुने सम्मेलनमा देशभरबाट करिब सात हजार कानुन व्यवसायी सहभागी हुने नेपाल बार एसोसिएसनले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको