सुनको भाउमा नयाँ रेकर्ड, ‘प्रतितोला १ हजार ७ सय रुपैयाँले वृद्धि’


काठमाडौं, वैशाख ४ गते ।

मंगलबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ७ सय रुपैयाँले मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ३७ हजार रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ३९ हजार २ सय रुपैयाँमा कायम रहेको छ ।

यसअघि गत शुक्रबार सुनको भाउले सबैभन्दा बढी भाउ १ लाख ३९ हजारको कीर्तिमान बनाएको थियो तर आज फेरि त्यो रेकर्ड तोडिएको छ । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७ सय ५० रुपैयाँमा कायम रहेको छ ।

(रातोपाटि)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको