चैत २७ गते भएको प्रदर्शनमा घाइते भएका राप्रपाका एक नेताको मृत्यु


काठमाडौं, वैशाख ३ गते । 

गत चैत २७ गते भएको प्रदर्शनमा घाइते भएका राप्रपाका एक नेताको मृत्यु भएको छ ।

राप्रपा बर्दियाका मधुवननगर कार्यसमितिका अध्यक्ष ठाकुर प्रसाद डॅागीको सोमबार बिहान ४ बजे उपचारका क्रममा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्यास प्रहार गर्दा उनको टाउकोमा पनि चोट लागेको समस्या देखिएको थियो । ‘उच्च रक्तचाप र अश्रुग्यासका कारण उनको टाउको र श्वासप्रश्वासमा समस्या देखिएको थियो’, उनले भने, ‘सोमबार बिहान ४ बजे उनको निधन भएको हो ।

डॅागीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो १२ बजेदेखि राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने र त्यसपछि अन्तिम संस्कारका लागि बर्दिया लगिने श्रेष्ठले जानकारी दिए ।

चैत २७ गते राप्रपाले संवैधानिक राजतन्त्रका पुनर्स्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै राजधानीको भद्रगालीमा प्रदर्शन गरेको थियो ।

(रातोपाटि)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको