धनगढी, वैशाख २ गते ।
सुदूरपश्चिममा प्रदेश सरकार निर्माणको लागि कांग्रेस, समाजवादी पार्टी र नाउपा रेशम पार्टीबीच छुट्टाछुट्टै सहमति भएको छ । कांग्रेस संसदीय दलका नेता समेत रहेका कार्यवाहक मुख्यमन्त्री कमलबहादुर शाहले सहमतिपत्रमा हस्तक्षर गरी मुख्यमन्त्रीका लागि नाउपाका लक्ष्मण किशोरलाई सार्ने जानकारी दिए ।
समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी, नाउपा संसदीय दलका नेता घनश्याम चौधरी र कांग्रेस संसदीय दलका नेताबीच सहमति भएको शाहले बताए । यहाँ बहुमतको सरकार बनाउन २६ सिट पर्याप्त छ । कांग्रेसको १८, समाजवादी ४ नाउपा ९रेशम० ४ गरी २६ पुग्छ ।
यहाँ बहुमतको प्रदेश सरकार गठनका लागि २७ जना चाहिन्छ । तर ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाका निधन भएको हालै नाउपाको इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य छन् ।
नेपाली कांग्रेसबाट १८, सभामुखसहित माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, संयुक्त समाजवादी पार्टीका ४, राप्रपाबाट १ र स्वतन्त्र १ जना सांसद छन् । अब सरकार निर्माण गर्न २६ जना भए पुग्छ ।
(रातोपाटि)










