
काठमाडौं, चैत ३० गते ।
उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पतालमा तनावपूर्ण अवस्था सिर्जना भएको छ ।
दैलेखको आठबिस नगरपालिका–५ पिपलकोटकी २१ वर्षीया भीमा गुरुङको बिहीबार उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले चिकित्सकलाई कारबाही गर्न माग गरेका छन् । उनीहरुले चिकित्सक र अस्पताल प्रशासनको लापरबाहीका कारण सामान्य बिरामीको मृत्यु भएको भन्दै उनीहरुले चिकित्सकलाई कारबाही गर्न माग गरेका छन् ।
सात महिनाअघि छोरी जन्माएकी उनको पाठेघर सफा गर्नुपर्ने भएकाले गुरुङ अस्पताल गएकी उनको परिवारले जनाएको छ । चिकित्सकले केही समयमै मृत घोषणा गरेको मृतकका आफन्तले आरोप लगाएका छन् ।
अस्पताल प्रशासनले पनि मोलार प्रेग्नेन्सी अर्थात् पाठेघरमा सालनालको केही अंश सफा गर्न आएका बेला उनको स्वासप्रश्वासमा पनि समस्या देखिएको र चिकित्सकको प्रयासका बाबजुद मृत्यु भएको बताएको छ।
पीडित परिवारले लापरवाहीका कारण मृत्यु भएको बताउँदै लापरवाही गर्ने व्यक्ति र घटनाको पूर्ण विवरण परिवारले पाउनुपर्ने माग राख्दै अवरुद्ध गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए ।
‘घटनाबारे अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘पीडित परिवारसँग पनि छलफल भइरहेको छ ।
(थाहाखबर)