सिरहामा दिउँसै हतियार देखाएर मनि ट्रान्सफरको रकम लुटियो


सिरहा, चैत २५ गते । 

सिरहामा हतियार देखाएर दिउँसै मनि ट्रान्सफरको रकम लुटेको छ । सिराहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर महिसोथा जाने बाटो नजिकबाट हतियार देखाएर लुटिएको हो।

लुटेराहरु भारतीय नम्बरको मोटरसाइकलमा आएका थिए । ९ प ६३१० नम्बरको मोटरसाइकलमा पैसा लिएर आउँदै गरेका पुरुषोत्तम यादवबाट ग्लोबल आइएमई बैंकका २ र राष्ट्रिय वाणिज्य बैंकका ३ वटा ब्ल्याङ्क चेक, एक थान मोबाइल फोन नगदसहित लुटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लुटिएको रकम विष्णुरपुर गाउँपालिका १ का कुशेश्वर यादवले सञ्चालन गरिरहेको मनी ट्रान्सफरको रहेको बताइएको छ । यादवले दिएको बयानअनुसार लुटेरामध्ये एकले क्रिम रङ्गको लुगा लगाएका थिए भने पछाडि बसेकाले रातो रङको लुगा लगाएका को प्रहरीले बताए।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले घटनाको पुष्टि गर्दै थप विवरण संकलन भइरहेको जानकारी दिए । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

(रातोपाटि)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको