झडप भएपछि सुनसरीका पाँच पालिकामा कर्फ्यू, राजमार्गमा सतर्कता


विराटनगर चैत २३ गते । 

दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले सुनसरीका पाँच कार्यालयले कर्फ्यू लगाएको छ । एक युवकको कुटपिटलाई लिएर दुई समूहबीच झडप भएपछि प्रशासन कार्यालयले पाँच पालिकामा कर्फ्यु आदेश जारी गरेको सुनसरीका स्थायी प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले जानकारी दिए ।

उनका अनुसार इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरिएको छ ।

पूर्व–पश्चिम राजमार्गमा पनि स्थानीय प्रशासनले सतर्कता बढाएको छ । लामो दूरीका सवारीसाधनलाई निगरानीमा राखेर मात्रै राजमार्गमा आवतजावत गर्न दिइएको छ । हरिनगर गाउँपालिका–१ भुटाहामा बिहीबार एक युवकलाई स्थानीयले कुटपिट गरेका थिए । कुटपिट विषयलाई लिएर आज दुई समूहबीच झडप भएको थियो ।

दुई समूहबीचको झडपले उग्ररुप लिएपछि प्रशासनले पाँच पालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

भुटाहामा शुक्रबार भएको झडपमा चार जना घाइते भएका छन् । दुई जनालाई गोली लागेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले चार दर्जनभन्दा बढी अश्रुग्यास र हवाई फायर गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि झडप भएको ठाउँ हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाको वडा नम्बर १ र ७ मा मात्र निषेधाज्ञा जारी गरेको थियो । तर विवाद चर्किएपछि कर्फ्यू आदेश जारी गरिएको र सुरक्षा सतर्कता बढाइएको छ ।

प्रशानले जारी गरेको कर्फ्यु आदेशमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍याली, जमघट, प्रदर्शन लगायतका कार्यक्रम नगर्न र नगराउन
कर्फ्यू आदेशमा उल्लेख छ ।

(onlinekhabar)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको