
काठमाडौं, चैत २३ गते ।
सुनको भाउ १३ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ १ लाख ३२ हजार ७ सय मा कारोबार भइरहेको छ । तेजावी सुन १ लाख ३२ हजार ५ कारोबार भएको छ ।
बुधबार छापावाल सुन १ लाख ३४ हजार र तेजवी सुन १ लाख ३३ हजार ३५० मा कारोबार भएको थियो ।
चाँदीको भाउ पनि घटेको छ । आज चाँदी १ हजार ६ सय १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १ हजार ६५० मा कारोबार भइरहेको थियो ।
(इकागज)