उपनिर्वाचनका लागि इलाम र बझाङको अन्तिम मतदाता नामावली प्रकाशित


काठमाडौँ, चैत २२ गते । 

निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनमा मतदान गर्ने मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

इलाम–२ मा १ लाख १५ हजार ८८९ मतदाता रहेको आयोगले जानकारी दिएको छ । २०७९ मङ्सिर ४ मा भएको निर्वाचनको तुलनामा ४२२ मतदाता थपिएको आयोगले जनाएको छ ।

त्यसैगरी बझाङ क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ६३८ र ६१ हजार ७४८ मतदाता थपिएको आयोगले जानकारी दिएको छ ।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार देशभर मतदाताको सङ्ख्या १ करोड ८८ लाख ८८ हजार ९८३ पुगेको छ, जसमा महिला ८८ लाख ८६ हजार २ सय २६, पुरुष ९२ लाख २ हजार ५६९ र अन्य १८८ मतदाता रहेका छन् ।

आयोगका अनुसार सबैभन्दा बढी मोरङ जिल्लामा मतदाता छन् । जसमा ३ लाख ६२ हजार ९७३ महिला मतदाता र ३ लाख ७६ हजार ४११ पुरुष मतदाता र ६ अन्य मतदाता गरी जम्मा ७ लाख ३९ हजार ३९० रहेका छन् ।

त्यस्तै मनाङ जिल्लामा सबैभन्दा कम मतदाता रहेका छन् । जसमा तीन हजार ५३० महिला र तीन हजार ३१९ पुरुष गरी ६ हजार ८४९ मतदाता छन् ।

२०८० वैशाख १० गते अद्यावधिक भएदेखि हालसम्म ८७ हजार ४१७ मतदाता थपिएको आयोगले जनाएको छ ।

(इकागज)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको