नेपाली कांग्रेसले उपनिर्वाचनमा उम्मेदवारका आकांक्षीसँग सामूहिक छलफल गर्दै


काठमाडौँ, चैत २२ गते । 

नेपाली कांग्रेसले उपनिर्वाचनमा उम्मेदवारका आकांक्षीसँग सामूहिक छलफल गरिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान १०ः३० बजेदेखि उम्मेदवार आकांक्षीसँग समूह छलफल सुरु भएको हो ।

आगामी वैशाख १५ गते हुने इलाम २ र बझाङ प्रदेशसभा १ मा हुने उपनिर्वाचनको उम्मेदवार टुंग्याउन कांग्रेसलाई सकस परेको छ । कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेका अनुसार छलफलमा पार्टीका शीर्ष नेताहरुका साथै उम्मेदवारका आकांक्षी र सम्बन्धित जिल्लाका नेताहरू सहभागी छन् ।

इलाम–२ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबीच मुख्य प्रतिस्पर्धा छ । अध्यक्ष देउवाले खड्काको नाम प्रस्ताव गरेका छन् भने नेता शेखर कोइरालाले विकल्पका रुपमा आचार्यको नाम अगाडि सारेका छन् ।

त्यसैगरी बझाङ प्रदेश सभा १ का उम्मेदवारका लागि जगत जोशी र अभिषेक सिंहबीच प्रतिस्पर्धा भइरहेको नेताहरुले बताएका छन् । देउवा सिंह र कोइराला जोशीको नाममा अडान लिइरहेका छन् । उम्मेदवार टुंगो लगाउन देउवा र कोइरालाको एक मत नपुगेपछि कांग्रेस चार दिनदेखि आन्तरिक छलफलमा केन्द्रित छ ।

एमाले, राप्रपा, राप्रपा, एकीकृत समाजवादी जनमत लगायतका दलले उम्मेदवारी टुंगो लगाएर प्रचारप्रसार सुरु गरे पनि कांग्रेस नेताहरु आन्तरिक विवादमा अल्झिएका छन् ।

(रातोपाटि)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको