
बर्दिवास, चैत २१ गते ।
बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले सबै समूह र समुदायसँग मिलेर आवश्यकता अनुसारको काम गरिरहेको बताएका छन ।
मंगलबार महोत्तरीको बर्दिवासमा सबैकालागी हामी संस्थाको बार्षिक उत्सवमा मंगलवार आयोजित खुल्ला बत्तिृत्वकला प्रतियोगितालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुँन ।
उनले अहिले नगरपालिकाले निर्माण र पूर्वाधारको कामलाई प्राथमिकता दिएको भन्दै नगरपालिकाले आफ्नै ठेक्कामा २ वटा पुल निर्माण गर्न लागेको जनाए ।
बर्दिवास नगरपालिका भित्र रहेको १५ शैयाको अस्पताललाई स्तरोनतीगरी सुविधा सम्पन्न बनाइएको पनि उनले बताए । प्रमुख क्षत्रीले अहिले नगरको ठूलो बजेट शिक्षामा खर्च भईरहेको हुनाले चाँडै त्यसले परीणाम ल्याउने जिकिर गरे ।
म– मेयर विषयको खुल्ला वक्तृत्वकला प्रतियोगितामा बर्दिवास, गौशला र औरही नगरपालिकाका भित्रका २२ जना सहभागी रहेका थिए । संस्थाका अध्यक्ष रवि निरौलाको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा बर्दिवास नगरपालिका ३ की इशिका ढुंगेल, अनिश भण्डारी र आशा कुमारी साह विजयी भएका थिए । तीनै विजेतालाई संस्थाका अध्यक्ष रवि निरौलाले नगद ६ हजार ६५० प्रदान गरेको संस्थाका सदस्य रोमन निरौलाले जानकारी दिए ।