
बर्दिबास, चैत १५ गते ।
बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले भ्रामक समाचार सम्प्रेषण गरेप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । नगर प्रमुख क्षेत्रीले गत मंगलबार न्युजप्रवाह डटकम अनलाइनमा प्रकाशित ‘मधेसमा माओवादीको ओरालो यात्रामा भरत साहको भूमिका’ नामक समाचारमा आफ्नो नाम समेत जोडेर भ्रामक समाचार उल्लेख गरिएको आरोप लगाएका छन् उल्लेखित समाचार छापिएका समाचार तथ्य बिपरीत, कपोकल्पीत र पूर्ण गलत रहेको भन्दै सामाजिक संजालमार्फत आपत्ति जनाएका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन् , “ मिति २०८० चैत्र १३ गते मंगलबारको दिन न्युजप्रवाह ९ल्भधक एचबदबजब० अनलाईन खबरका पत्रकार विशाल वस्नेतले पत्रकारको धर्म र कर्म बिपरीत नितान्त पूर्वाग्राही र अरूको प्रभावमापरी कपोकल्पित र मनगढंन्ते कहानी बनाई ब्यक्तिगत मानमर्दन हुने किसिमको समाचार लेखेको कारण गम्भिर ध्यान आकर्षण भएको छ। छापिएका समाचार तथ्य बिपरीत, कपोकल्पीत र पूर्ण गलत छ। त्यसैले यो भ्रमित र कपोकल्पित समाचारको भर्त्सना गर्दै पत्रकारीताको मर्म र धर्म अनुरूप पत्रकारीता गर्न हुन यसै पत्रबाट अनुरोध पनि गर्दछु।
कपोकल्पित समाचार यस्तो छ :
केही समयअघि उनी र आफूलाई माओवादीको सैद्धान्तिक नेता बताउने अनिल बस्नेत युरोप घुम्न गएको चर्चा अझै सेलाएको छैन । यसभित्रको अन्तर्य पनि माओवादी नेता, कार्यकर्ताहरूले खोजेका छन् । शीर्ष नेताहरूको अगाडि, पछाडि पर्दै फोटो खिचेर फेसबुके नेताका रूपमा चिनिएका बस्नेतलाई उपयोग गरेर अहिले साहले केही स्वार्थ पूरा गरिरहेको नेता, कार्यकर्ताहरूको निष्कर्ष छ ।
उनै बस्नेतले बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीलाई प्रयोग गरेर युरोप भ्रमणमा गएको खुलासा भएको छ । नगर प्रमुख क्षेत्रीले नै युरोप पठाएको नेता साहले मधेस प्रदेशको एक बैठकमा समेत खुलासा गरेका छन् ।
‘बैठकमा भ्रमणको विषयमा कुरा उठ्यो । उहाँले पनि स्वीकार गर्नुभयो कि बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीले पठाएको भनेर,’ बैठकमा सहभागी एक नेताले भने, ‘थप भित्री अन्तर्यहरू खोतल्छौँ ।’
युरोप भ्रमण सकेर फर्किएका साह र बस्नेत एकैपटक बर्दिवास नगरपालिकाको नगरसभामा देखिएका थिए ।
नेपाली कांग्रेसबाट बागी वनेर निर्वाचित भएका नगर प्रमुख क्षेत्रीको बिकासी लहरले बर्दिबासका आसेपासे नेताकार्यकर्ताहरलाई जलन भएको भन्दै क्षेत्री समर्थकहरुको भनाई रहेको छ्। हिजो बर्दिबास नगरले ५ बर्ष सम्म गर्न नसकेको काम क्षेत्रीले दुई बर्षमा गरेर नगरबासिको मनमस्तिष्कमा बसेको हुनाले गलत र भ्रमक समाचार निकल्न लगाएको र बदनाम गर्न लागेको एक नेताको भनाई रहेको छ ।