ढोलाहीटीमा ग्याङ फाइट प्रकरणः होटल सञ्चालकसहित ४ पक्राउ, १ फरार


काठमाडौं, चैत १३ गते ।

ललितपुरको ढोलाहीटीमा भएको ग्याङ फाइटमा दुई जनाको हत्या गरेको आरोपमा प्रहरीले होटल सञ्चालकसहित चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ भने घटनामा संलग्न रहेको आरोपमा थप एक जना फरार छन् ।

ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहीटीमा आइतबार राति भएको ग्याङ फाइटमा पाँचथरका खुमलटार निवासी पुजन राई र धरान घर भई ढोलाहिटी बस्ने रोवश राईको मृत्यु भएको थियो।

यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले खोटाङ साकेला गाउँपालिका वडा नम्बर २ सेखुवा घर भई हाल ललितपुर महानगर २६ जैनखेल बस्ने होटल डिप्रस्पाइनका सञ्चालक ३१ वर्षीय विजय राई र खोटाङ साकेला गाउँपालिका २ रतन्छा घर भई हाल ललितपुर १५ खुमलटार बस्ने होटलकै अर्का सञ्चालक ३० वर्षीय सुलभ राईलाई पक्राउ गरेको छ।

पक्राउ परेका भोजपुर ताम्केम्युङ गाउँपालिका–२ अन्नपूर्ण, ललितपुर २६ जैनखेलका ३८ वर्षीय विशाल हाड मुकारूङ राई र काठमाडौं गोकर्णेश्वर नगरपालिका ११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–६, सनागाउँ, ११ गोकर्णेश्वर नगरपालिका–१ निवासी २५ वर्षीय हाड राई पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पाजु गुरुङ नामका व्यक्ति फरार रहेको र खोजी भइरहेको छ । पक्राउ परेकाहरुमाथि ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएर अनुसन्धान भइरहेको छ।

यस घटनामा थप आठ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

(सेतोपाटी)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको