
कैलाली, चैत ५ गते ।
आगलागीपछि बन्द रहेको कर्णाली पुल आज यातायातका लागि खुला गरिएको छ ।
ग्यास लाइटर बोकेको ट्रकबाट भएको आगलागीबाट भएको क्षतीको मूल्याङ्कन गरेपछि पुललाई यातायातका लागि खुला गरिएको हो ।
स्थलगत मूल्याङ्कन र पुल पार गर्न आवतजावतमा कुनै समस्या नभएको भन्दै विज्ञसँगको परामर्शपछि पुल सञ्चालनमा आएको सडक डिभिजन कार्यालय नेपालगन्जका इन्जिनियर निरज शाक्यले बताए ।
गत सोमबार भएको घटनामा सिग्नेचर ब्रिजको तार डोरीमा आगो लागेको थियो ।
सडक डिभिजन कार्यालयको विज्ञ टोली क्षतिको निरीक्षण गर्न आउनुअघि पुललाई यातायातका लागि बन्द गरिएको थियो ।