महरालाई पुर्‍याइयो सिआइबी कार्यालय


काठमाडौँ, चैत ५ गते ।

सुन तस्करी प्रकरणमा मुछिएका निवर्तमान सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० ले लाजिम्पाटको कार्यालयमा पुर्याएको छ ।

उनलाई आज बिहान भैरहवा विमानस्थलबाट काठमाडौं ल्याएर सिआइबीको कार्यालयमा लगिएको थियो ।

सुन तस्करीको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

महरालाई सोमबार बिहान कपिलवस्तुबाट प्रहरीले पक्राउ गरेको प्रहरी महानिरीक्षक ९आईजी० बसन्त कुँवरले जानकारी दिए । उनलाई रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट काठमाडौं ल्याएर सिआइबीको कार्यालयमा लगिएको थियो ।

यसअघि आयोगले महरासँग बयान पनि लिएको थियो । उनका छोरा राहुल महरा इलेक्ट्रोनिक सिगरेट ९भेप० मार्फत सुन तस्करी गरेको अभियोगमा थुनामा छन् ।

(onlinekhabar)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको