सांसद अन्सारीको निधनमा शोक प्रस्ताव पारित


काठमाडौँ, चैत ४ गते ।

प्रतिनिधिसभाले सांसद मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

आइतबार बसेको बैठकले जनमत पार्टीका सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो । शोक प्रस्ताव पारित भएसँगै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

६० वर्षीय शर्माको आइतबार बिहान निधन भएको हो । उनको काठमाडौंको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनमत पार्टीले जनाएको छ । उनी जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन्।

१९ माघ २०२० मा जन्मिएका अन्सारी २०७९ चैत १९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

समानुपातिक निर्वाचन प्रणालीबाट जास्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा शर्मा सांसद भएकी थिइन् ।

२०४६ को आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेकी उनले सद्भावना पार्टीमा आवद्ध भई २०४६ देखि २०५६ सम्म उपत्यकाको महिला इन्चार्जको जिम्मेवारी सम्हालिन् ।

शोक प्रस्ताव पारित गरी स्थगित भएको प्रतिनिधिसभाको अर्को बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

(onlinekhabar)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको