प्रमुख एआइजी किरण बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखबाट हटाउने तयारी


काठमाडौं, चैत २ गते ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रमुख एआईजी किरण बज्राचार्यलाई विभागीय कारबाहीको तयारी गरिएको छ।

सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगले त्रुटि औंल्याएपछि आफूलाई केन्द्रीय अनुसन्धान ब्यूरोको प्रमुखबाट हटाउन तयार भएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए।

‘सुन तस्करीबारे जाँचबुझ आयोगले दिएको सिफारिसलाई पूर्णरुपमा कार्यान्वयन गरिने छ,’प्रहरीका एक उच्च अधिकारीले सेतोपाटीसँग कुरा गर्दै भने।

थप कारबाहीका लागि गृह मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजानुपर्ने भएकाले तत्कालका लागि सिआइबी प्रमुखबाट हटाउने तयारी भएको ती अधिकारीले बताए।

सुन तस्करीको अनुसन्धानमा गम्भीर त्रुटि भएको भन्दै आयोगले बज्राचार्यलाई कारबाही गर्न सिफारिस गरेको हो । माघ १७ गते जाँचबुझ आयोगले बज्राचार्यलाई सोधपुछका लागि बोलाएको थियो ।

बज्राचार्यलाई विभागीय कारबाही गर्न निर्देशन दिइएको पनि गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उनका अनुसार गृहमन्त्री रवि लामिछानेले शुक्रबार बिहान गृहसचिव, आइजिपीलगायतका अधिकारीलाई बोलाएर एआइजी बज्राचार्यलाई कारबाही गर्न निर्देशन दिएका थिए ।

गृहमन्त्री रवि लामिछानेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष एआईजी बज्राचार्यलाई विभागीय कारबाही गर्न सिफारिस गरेको प्रतिवेदन बुझाएका हुन् ।

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले प्रतिवेदनले औंल्याएका विषयमा कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए।

लगत्तै गृहमन्त्री लामिछानेले गृहसचिव र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई मन्त्रालयमा बैठक बोलाएर एआइजी बज्राचार्यमाथि विभागीय कारबाही गर्न निर्देशन दिएका हुन्।

६० किलो सुन प्रकरणमा अनुसन्धान गर्दा मुख्य अभियुक्त भगाएको, आरोपीहरूले दिएको बयानको कागज च्यातेको लगायतका कमजोरी सिआइबीबाट भएको प्रतिवेदनमा उल्लेख छ।

(सेतोपाटी)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको