गृहमन्त्रीमाथि प्रश्न उठाउँदै कांग्रेसले मागे प्रधानमन्त्रीसँग जवाफ


काठमाडौं, चैत १ गते ।

नेपाली कांग्रेसले सहकारी विवादमा मुछिएका गृहमन्त्री रवि लामिछाने र सहकारी पीडितका समस्याबारे प्रधानमन्त्रीसँग जवाफ माग गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद बद्री पाण्डेले पछिल्लोपटक प्रधानमन्त्रीले पुनर्गठन गरेको मन्त्रिमण्डलमा उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारी अनुसन्धानको दायरामा रहेका सदस्यलाई सुम्पेपछि प्रधानमन्त्रीप्रतिको झिनो आशा धुजाधुजा भएको बताए ।

साथै उनले बुधबारको बैठकमा कांग्रेस सांसदहरुले उठाएका विषयमा प्रधानमन्त्रीको जवाफमा नेक्लिजेन्सी भएकाले कांग्रेस चिन्तित भएको बताए । ‘यस परिस्थितिमा अनुसन्धानको कमाण्ड सम्हाल्नुपर्ने गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले एकातिर गम्भीर नैतिक प्रश्न खडा भएको छ भने अर्कोतिर अनुसन्धान नै प्रभावित हुने आशंका बढाएको छ’, पाण्डेले भने, ‘गृहमन्त्रीले अन्य दोषीलाई कसरी कानुनी कारवाहीको दायरामा ल्याउनुहुन्छ रु’’

उनले सरकारले आफुहरुले उठाएका प्रश्नमा प्रधानमन्त्रीले जवाफ नदिए कठोर रुपमा प्रस्तुत हुन बाध्य हुने चेतावनी दिए । बिहीबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले आ–आफ्ना सिटबाट उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले पाण्डेलाई बोल्न समय दिए ।

(रातोपाटी)

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको