कुवेतमा कारको ठक्करबाट ३ नेपालीको मृत्यु


काठमाडौं, चैत १ गते । 

कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु भएको छ । कुवेतको पापाजोन कम्पनीमा काम गर्ने नेपालीको मंगलबार बिहान ५ बजे महाबुल्ला क्षेत्रमा सिसाइड रोडमा दुर्घटना हुँदा मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौं सानो भर्‍याङ्गका सुजन कार्की, पञ्चदेवल विनायक–५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछाने मगर रहेका छन् ।

नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमले कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेका छन् । उनले मृतकका परिवार र कम्पनीसँग सम्पर्क राखेर शव नेपाल पठाउने प्रक्रिया अघि बढाइएको बताए ।

नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल ठकुरीका अनुसार हवालीमा बस्ने सुजन कार्की र धिरज गुर्मछाने मगर सोमबार राति महबुल्लामा बस्ने साथी सुरतलाई भेट्न गएका थिए । मंगलबार बिहान ड्युटी गरेर आफ्नो कोठामा फर्कने क्रममा उनीहरुलाई बस चढाउन सुरत आएका थिए । त्यही क्रममा कारले तीनजनालाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । उनीहरुको शव पोष्टमार्टमका लागि फरवानिया अस्पतालमा राखिएको छ ।

महबुल्ला क्षेत्रमा भएको सडक दुर्घटनामा दुई नेपाली नागरिक र अर्का एक अपरिचित व्यक्तिको मृत्यु भएको अरब टाइम्सले जनाएको छ । सुरुमा एकजना शवको पहिचान खुल्न नसकेको भए पनि पछि कम्पनीमा सम्पर्क गर्दा उनी नेपाली नै भएको पुष्टि भएको थियो ।

साथै शवलाई फरेन्सिक जाँचका लागि पठाइएको र कार चालक कुवेती नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको समाचारमा उल्लेख छ ।

(onlinekhabar)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको