काठमाडौं, फागुन ३० गते ।
राष्ट्रियसभाका विषय समितिका सभापतिहरूको निर्वाचन चैत ४ गते हुने भएको छ । बुधबार बसेको राष्ट्रियसभा बैठकमा समितिको अध्यक्ष निर्वाचनको मिति तय गरेको हो ।
बैठकमा राष्ट्रियसभाका सभामुख नारायणप्रसाद दाहालले विषयगत
समितिको सभापतिको निर्वाचन आगामी आइतबार हुने जानकारी दिए ।
उनले समिति सभापतिहरूको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रियसभाका सचिव डा। सुरेन्द्र अर्याललाई निर्देशन पनि दिए ।
राष्ट्रियसभाको अर्को बैठक शुक्रबार बिहान ११ः१५ बजे बस्नेछ ।
(बाह्रखरी)











