काठमाडौं, फागुन २६ गते ।
नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको नेता अर्जुन नरसिंह केसीले जानकारी दिए ।
कांग्रेसले विपक्षमा रहेका अन्य दलसँग पनि राष्ट्रिय सभाको अध्यक्षमा सहयोग खोज्न छलफल गर्ने निर्णय गरेको छ ।
राष्ट्रियसभाका सदस्यहरुको बैठकपछि उम्मेदवार छनोट गर्ने कांग्रेसले बताएको छ ।
राष्ट्रियसभाका निवर्तमान सभामुख गणेशप्रसाद तिमिल्सिना ६ वर्षपछि कार्यकाल सकेर बिदा भएपछि यो पद खाली छ ।
ONLINEKHABAR











