प्रधानमन्त्री प्रचण्डले देउवा र ओलीसँग संक्रमणकालीन न्यायबारे गरे छलफल


Deep Diamond

काठमाडौं, फागुन २० गते । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संक्रमणकालीन न्यायलाई अन्तिम रुप दिने विषयमा छलफल गरेका छन् । उनले आज बिहान सिंहदरबारमा देउवा र ओलीसँग छुट्टाछुट्टै छलफल गरेका हुन् ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित द्वन्द्व पीडितलाई न्याय र परिपूरण र पीडकलाई कारबाही गर्ने विषयमा टुंगो लाग्न बाँकी छ ।

संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टीआरसी) विधेयकमाथि छलफल हुँदै आएको छ । त्यसमा मुख्य गरी चार विषयमा सहमति जुटेको छैन ।

मानव अधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको स्वेच्छाचारी रुपमा क्रुरतापूर्वक (आर्बिट्ररी) गरिएको हत्यारदोहोरो भिडन्त बाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषयमा कुरा मिलेको छैन ।

त्यसैगरी सशस्त्र द्वन्द्वका क्रममा संलग्न र प्रभावित व्यक्तिलाई कसरी व्यवहार गर्ने, मानवअधिकार उल्लङ्घन भएको अवस्थामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नहुँदा के गर्ने भन्ने विवाद छ । सजायमा कटौती, सजाय घटाउन वा प्रतिशत तोक्ने व्यवस्था छ।

कांग्रेस, एमाले र माओवादी केन्द्रले यस सम्बन्धि विवाद टुंगो समाधान गर्न उपसमिति गठन बनाएर छलफल गर्दै आएका छन् ।

onlinekhabar 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको