गाजामा राहत सामग्री पर्खिरहेका बेला कम्तीमा ११२ प्यालेस्टाइनीको भयो मृत्यु र करिब ७६० जना घाइते


गाजा, फागुन १९ गते ।

उत्तरी गाजामा राहत सामग्री पर्खिरहेका बेला बिहीबार कम्तीमा ११२ प्यालेस्टाइनीको मृत्यु भएको छ । गाजा सहरमा उपस्थित एक पत्रकारका अनुसार मानिसहरू सहायता सामग्री संकलन गर्न आएका थिए। त्यसैबेला इजरायली ट्याङ्कहरूले उनीहरूमाथि गोली चलाउन थाले। यस घटनामा करिब ७६० जना घाइते भएका छन् ।

हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले यसका लागि इजरायली सेनालाई जिम्मेवार ठहर गरेको छ। इजरायली सेनाले एक विज्ञप्तिमा भन्यो कि ट्याङ्कहरूले चेतावनीमूलक गोलीहरू मात्र चलाए तर राहतले भरिएका ट्रकहरूमा आक्रमण गरेनन्। इजरायली सेनाले राहत सामग्री बोकेको एउटा ट्रक आफूमाथि खस्दा धेरै मानिस मारिएको दाबी गरेको छ । हमासले इजरायलको यो दाबी अस्वीकार गरेको छ ।

घटनापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले अब गाजामा सेनाले आकाशबाट खाना खसाल्ने घोषणा गरेका छन् । अमेरिकी सेनाले गाजामा यसरी खाना पुर्‍याएको यो पहिलो पटक हो।

जोर्डन र फ्रान्सले पहिले नै गाजामा खाद्यान्न र अन्य राहत सामग्री आकाशबाट खसालिरहेका छन्। आकाशबाट गाजामा राहतका खाद्यान्न सामाग्री खसाल्ने निर्णयको घोषणा गर्दै बाइडेनले भने, ”अहिले गाजामा आउने राहत सामग्री पर्याप्त छैन।” अमेरिकाबाट आउने सामानहरू खानका तयार अवस्थामा ९रेडी टू इट० हुने बताए ।

अर्कोतर्फ, भारतले उत्तरी गाजामा मानिसको मृत्युप्रति दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उत्तरी गाजामा मानवीय सहायता पुर्‍याउने क्रममा हिजो मानिसको मृत्यु भएकोमा हामी गहिरो दुःखी छौं। त्यहाँ सर्वसाधारणको मृत्यु र मानवीय अवस्था गम्भीर चिन्ताको विषय हो। हामी मानवीय सहायताको सुरक्षित र समयमै वितरणको लागि हाम्रो आह्वानलाई दोहोर्याउँछौं, ‘मन्त्रालयले एक विज्ञप्तिमा भन्यो। यस बयानमा इजरायलको कुनै उल्लेख छैन।

(रातोपाटी)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको