आजको मौसमः यी प्रदेशहरूमा छ वर्षा र हिमपातको सम्भावना


काठमाडौं, फागुन १९ गते ।

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही वाग्मती प्रदेश तथा कोशी प्रदेशका पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही वाग्मती प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

विभागले दिउँसो जारी गरेको बुलेटिन अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली क्षेत्र लगायत गण्डकी क्षेत्रका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी प्रदेशका थोरै स्थानमा र देशका बाँकी भू–भागका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र बाँकी उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको आज राति देशका अधिकांश भूभागमा सामान्य बदली रहनेछ ।

महाशाखाका अनुसार राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनी प्रदेश लगायत वाग्मती प्रदेशका पहाडी भू–भागका थोरै कोशी प्रदेशको पहाडी क्षेत्र स्थानहरुमा र एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र तथा बाँकी उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

(सेतोपाटी)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको