‘संसदले प्रस्ताव गरेको बजेट विनियोजन गर्नुपर्छ’


काठमाडौं, फागुन १८ गते ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले संसदमा पेश गरेको बजेट विना हिचकिचाहट विनियोजन गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले संसदले प्रस्ताव गरेको बजेटलाई सिलिङ तोकेर विनियोजन गर्नु नहुने बताउनु भयो ।

अध्यक्ष तिमिल्सिनाले सरकारले आर्थिक स्थितिमा ध्यान दिने भए पनि संसदसँगको सल्लाह र छलफलपछि सहमतिका आधारमा केही गर्न तलमाथि गर्न सकिने स्पष्ट पार्नुभयो ।

उहाँले अरु सबै प्रक्रिया रोक्नसके पनि संसदीय प्रक्रिया रोक्न नसकिने भएकाले सरकारले संसदको प्रस्ताव अनुसार बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । उहाँले बढी समय काम गर्ने कर्मचारीलाई तलबमा नियन्त्रण गर्न नहुने बताउनुभयो । उसले यसलाई सिलिङ रूपमा परिभाषित गर्दैन। सरकारको अहिलेको आर्थिक अवस्था कमजोर छ भने बसेर पनि गर्न सकिन्छ । छलफल गरेर मात्रै । अरु सबै रोकिए पनि संसदीय प्रक्रिया रोक्न सकिँदैन,’ अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, पैसा पुगेन विधेयक निर्माण प्रक्रिया रोकौँ भनेर सम्भव हुँदैन । त्यसैले सडक बरु घटाउन सकिन्छ, खानेपानीका योजनाहरु केही कम गर्न सकिन्छ । अर्को वर्ष गर्न सकिन्छ । तर संसदका गतिविधि घटाउन सकिँदैन । विधेयक पास गर्नेकुरा कम गरौँ भनेर हुँदैन । यहाँका लागि बजेट आवश्यक हिसावले गर्नुपर्छ । रातदिन काम गर्दा कर्मचारीले पाउने सेवा सुविधा नियन्त्रण गर्नु हुँदैन । ओभर टाइम काम हुन्छ भने त्यो अनुसारको पारिश्रमिक दिनुपर्छ । हामीले प्रयास गरिरहेका छौँ । आगामी बजेटबाट त्यो पूरा होला ।’’

उनले मन्त्रीहरुले दिएको आश्वासनको स्मरण गराउन समिति सचेत हुनुपर्ने बताउनुभयो ।

गोरखापत्र


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको