चितवन पुगेपछि देउवाले भने– गठबन्धन दायाँबायाँ हुँदैन


काठमाडौं, फागुन १८ गते ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाको सभामुखको विषयमा सत्तारुढ गठबन्धनले दायाँ–बायाँ नचल्ने दाबी गरेका छन् । भरतपुर भ्रमण वर्षमा सहभागी हुन शुक्रवार चितवन पुगेका पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले राष्ट्रियसभा अध्यक्ष पदको विषयलाई लिएर गठबन्धन केही नहुने बताएका हुन् ।

फागुन २९ गते हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका कांग्रेस र माओवादी केन्द्र दुवैले उम्मेदवारी दिने बताइरहेका छन् । सोही विषयलाई लिएर सत्ता गठबन्धन फेरबदल हुने आशङ्का भइरहेका बेला देउवाले गठबन्धनमा त्यसले कुनै फरक नपार्ने प्रस्टीकरण दिएका हुन् ।

भरतपुर विमानस्थलमा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर सञ्चारकर्मीले गठबन्धनबारे गरेको प्रश्नमा देउवाले भने, ‘गठबन्धन केही पनि हुँदैन । कति भन्नु भनिसकेँ त मैले रु’ सभापति देउवाले गठबन्धनलाई निरन्तरता दिन र त्यसमा ढुक्क हुन आग्रह समेत गरे ।ढुक्क भए हुन्छ’, देउवाले जवाफ दिए ।

देउवाले राष्ट्रियसभाको अध्यक्षबारे छलफल भइसकेको र छलफल गरेर निर्णय गरिने बताए ।

(रातोपाटी)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको