महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच भएको घटना झडपबारे प्रमुख प्रशासकीय अधिकृतले गरे सोधपुछ


काठमाडौं, फागुन १७ गते ।

प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच भएको झडपको घटनाबारे जानकारी लिएका छन् ।

बिहीबार बिहान परियारले महानगरीय प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेलाई फोन गरी घटनाबारे जानकारी लिएका थिए ।

बिहीबार राति सुन्धारामा फुटपाथ व्यवसायी र महानगरीय प्रहरीबीच झडप भएको थियो । झडपमा ११ जना घाइते पनि भएका छन् ।

महानगर प्रहरीमाथि ढुंगा हानेपछि व्यापारीले बल प्रयोग गरेको पाण्डेले बताए । उनले बिहान फोन गरेर सोधपुछ गर्नुभयो । घटना प्रतिरक्षा क्रममा भएको हो । सुरुमा व्यवसायीले ढुंगा हानेपछि लाठी चार्ज गरिएको हो ।

महानगर प्रहरीले एक व्यापारीलाई निर्मम कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । यसपछि महानगर प्रहरीको आलोचना भइरहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत परियारले भने यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् ।

श्रोत सेतोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको