काठमाडौँ, फागुन १४ गते ।
सभामुख देवराज घिमिरेले विपक्षी दलहरुले उठाएको विषयमा आगामी बैककमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
आइतबार बसेको दोस्रो बैठकको प्रारम्भमा सभामुखले सरकारलाई अर्को बैठकमा (फागुन १८) जवाफ दिन आदेश दिए । यससँगै संसदको अवरोध हटेको छ ।
यसअघि पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका थिए । सभामुखले पटकपटक आदेश दिए पनि सरकारले जवाफ नदिएको भन्दै एमाले सांसदले आ–आफ्नो स्थानमा उभिएर नाराबाजी गरेपछि संसद बैठक स्थगित भएको थियो ।
विपक्षी दलहरुले बालकुमारी घटनाको जाँचबुझ आयोगबाट दोषी देखाएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई कारबाही गर्न माग गरेका छन् ।
सभामुखले पटकपटक आदेश दिए पनि सरकारले जवाफ नदिएको भन्दै एमाले सांसदले आ–आफ्नो स्थानमा उभिएर नाराबाजी गरेपछि संसद बैठक स्थगित भएको थियो ।
विपक्षी दलहरुले बालकुमारी घटनाको जाँचबुझ आयोगबाट दोषी देखाएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई कारबाही गर्न माग गरेका छन् ।
संसदको आइतबारको बैठकमा बोल्न विशेष समय निकालेका एमाले सांसद गोकुल बास्कोटाले विवादित मन्त्रीहरुलाई तत्काल राजीनामा दिन माग गरेका थिए ।
श्रोत onlinekhabar