संसदमा प्रतिपक्षको प्रश्नः मन्त्रीले पद छाड्नुको कारण के भयो ?


काठमाडौँ, फागुन १४ गते । 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलगायत विपक्षी दलले विवाद र भ्रष्टाचारमा संलग्न मन्त्रीहरूबारे प्रधानमन्त्रीले संसदमा स्पष्ट जवाफ दिनुपर्ने माग दोहोर्‍याएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठक सुरु हुनेवित्तिकै एमाले सांसद गोकुल बाँस्कोटाले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वालासहित भ्रष्टाचारमा मुछिएर अख्तियारमा बयान दिएका मन्त्रीहरूको राजीनामा किन नदिएको र प्रधानमन्त्रीले किन नहटाएको भन्दै प्रश्न गरेका हुन् ।

मन्त्रीहरुको राजीनामा के ले रोकेको छ रु गत फागुन ६ गतेदेखि प्रतिपक्षले यही मुद्दा उठाइरहेको छ, तर सरकारको कानमा कसैले रुवा खाँदेको छ कि रु’ प्रश्न गर्दै बाँस्कोटाले भने, ‘प्रधानमन्त्री आफैं बालकुमारी घटनाबारे बोल्नुभएको छ, अरू सुशासनको पनि कुरा गर्नुभएको छ ।

उनले प्रतिपक्षी दलले उठाएका विषयमा सभामुखले आफैले पनि बारम्बार रुलिङ गरे पनि अदेखा गरेको बताए । ूतर सरकार कानमा बतास लागेन ।ू उनले भने, ‘सुन्दर शब्दको आवश्यकता छैन । मिटर ब्याज पीडितका लागि बनेको कानुन कार्यान्वयन नभएको र दूध किसानले मूल्य नपाएको भन्दै कृषि मन्त्रालय के गरिरहेको छ रु भनेर पनि सोधे ।

सभामुखले संसदको कारबाही हुन्छ, भन्नेवित्तिकै विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले बाँस्कोटालाई बोल्न समय दिएका दिएका थिए । त्यसपछि राप्रपाका सांसद राजेन्द्र लिङ्देनले मिटर ब्याज पीडितको समस्या समाधान नभए अर्को बैठक अवरुद्ध गर्ने चेतावनी दिए ।

लिङदेन बोलिसकेपछि पुन विपक्षी सांसदहरू आसनबाट उठेका थिए । त्यसपछि राप्रपाका सांसद रवि लामिछानेले बोल्ने समय पाए । बैठकमा उनले मन्त्रीमाथि उठेका प्रश्नको जवाफ दिन सरकारलाई केले रोकेको हो भन्ने प्रश्न गरेका छन् । साथै उनले मिटर ब्याज पीडितहरू २३ दिन हिँडेर काठमाडौं आउन बाध्य पारेको बताए । सामन्तवादको अवशेष अझै कायमै रहेको बताए ।

श्रोत रातोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको