काठमाडौँ, फागुन १४ गते ।
विपक्षी दलहरुले विवादित मन्त्रीहरुबारे स्पष्ट निर्णय हुनुपर्ने माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् ।
नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विवादित मन्त्रीबारे कहिले जवाफ आउने हो त्यो तोकिएर रुलिङको माग राखेकका छन् ।
रास्वपाका अध्यक्ष रवि लामिछानेले विवादित मन्त्रीहरूबारे दिन, घण्टा र मिनेट तोकेर निर्णय गर्न माग गरेका छन् ।
सभामुखको निर्णय नआएपछि विपक्षी दलले ‘विवादित मन्त्रीले राजीनामा दिनुपर्छ’, ‘विवादित मन्त्रीलाई बर्खास्त गर’ लगायतका नारा लगाउन थालेका छन् ।
श्रोत onlinekhabnar