आफ्नो सन्तान नभएपछि २६ दिनको शिशु लिएर फरार भएकी महिला पक्राउ


काठमाडौँ, फागुन १२ गते ।

थापाथलीस्थित प्रसूति अस्पतालबाट २६ दिने शिशु लिएर फरार भएकी एक महिलालाई प्रहरीले शनिबार राति पक्राउ गरेको छ ।

काभ्रेकी एक महिलाको २६ दिनको शिशु लिएर प्रसूति अस्पतालमा प्रवेश गरी भागेकी महिलालाई शुक्रबार राति १२ बजे काठमाडौंको काँडाघारीबाट प्रहरीले पक्राउ गरेको हो ।

त्यहाँबाट शिशुलाई पनि उद्धार गरिएको प्रहरीले जनाएको छ। शिशु लिएर फरार भएकी महिला दैलेख घर भएकी मनकुमारी सिंह रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। उनीसँगै प्रहिद्ये उनका श्रीमान् र दिदीलाई पनि पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले काँडाघारीस्थित डेराबाटै पक्राउ गरेको हो ।

बच्चा चोर्ने महिलाले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा लामो समय बितिसक्दा पनि सन्तान नभएपछि बच्चा चोरेको बताएकी छन् । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार बच्चा नभएपछि आफूले डाक्टरलाई देखाउँदा डाक्टरले सन्तान नहुन सक्छ भनेपछि शिशु चोरेर आफ्नो बनाउने योजना बनाएको सिंहले बताएकी छन्।

सोही अनुसार अस्पताल छिरेको र त्यहाँ एक महिलाको शिशु एकछिन बोक्छु भनी लिएर आएको उनले प्रहरीसमक्ष बयान दिएकी छन्।

शुक्रबार दिउँसो १२ बजे ती महिला बच्चालाई लिएर अस्पतालबाट फरार भएकी थिइन् ।

श्रोत सेतोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको