धनगढी, फागुन १२ गते ।
नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढंगाना निर्वाचित भएका छन् ।
उनी वर्तमान कार्यसमितिका अध्यक्ष दुर्गा प्रसाद जोशी र सचिव डेजी पाण्डेलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृतले दिएको जानकारी अनुसार ढुंगानाले २८७, पाण्डेले २१८ र जोशीले ६३ मत पाएका छन् ।
अध्यक्षका लागि तीनवटै उम्मेदवारले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन् । तर प्यानलले मिश्रीत नतिजा ल्याएको छ ।
उपाध्यक्षमा डेजी पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी भएका छन् । उनले १९३ मत पाएका छन् भने प्रतिद्वन्द्वी दलबहादुर विष्टले १८८ मत पाएका ।
उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले १०६, मदनराज ओझाले ३३ र गजेन्द्र स्वारले २७ मत ल्याएका छन् ।
सचिवमा पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी भएका छन् । चौधरी २४३ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले १६८ मत प्राप्त गरे ।
सचिवका अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले १४७ मत प्राप्त गरे । विश्वकर्मा दुर्गा प्रसाद जोशी प्यानलबाट चुनाव लडेका थिए ।
उपसचिव (खुला)मा ढुंगाना प्यानलका चुडामणि भट्ट विजयी भएका छन् । भट्टले २५१ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी भुवन रिजालले १२३ मत प्राप्त गरेका छन् । त्यस्तै अर्का उम्मेदवार नृप थायत खड्काले ९५ र राजु गुरुङले ७१ मत प्राप्त गरे ।
उपसचिव (महिला)मा गंगाकुमारी चौधरी १९६ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले १६१, रत्न कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत प्राप्त गरेकी छन् ।
फागुन ६ गतेबाट सुरु भएको एमालेको नवौं अधिवेशनको छैटौं दिन शुक्रबार मात्रै मतदान भएको थियो ।
श्रोत सेतोपाटी