महासमिति सदस्य नभएकाले बोल्दा कांग्रेस बैठकमा भयो विवाद


काठमाडौं, फागुन १० गते ।

ललितपुरको गोदावरीमा बिहीबार बसेको नेपाली कांग्रेसको महासमिति बैठकमा महासमिति सदस्य नभएका एक व्यक्तिले मुआब्जाको विषयमा भएको धारणा राखेपछि विवाद भएको छ ।

बागमती र गण्डकी समुहमा भइरहेको छलफलमा स्याङ्जाका मेखलाल श्रेष्ठलाई बोल्न दिएपछि प्रतिनिधिहरुले आपत्ति जनाएका थिए । श्रेष्ठ गण्डकी प्रदेशका उपसभापति पनि हुन् ।

गोरखा पार्टीका अध्यक्ष नन्दप्रसाद न्यौपानेले श्रेष्ठ महासमिति सदस्य नरहेको बताए ।

महासमितिका सदस्यहरुले बोल्न पाएका छैनन् । प्रतिनिधि नै नभएका व्यक्तिलाई बोल्ने समय दिइएको छ,’ कांग्रेस गण्डकी सचेतकसमेत रहेका उनले भने, ‘कानून उल्लंघन भएको भन्दै विरोध गरेका हौं ।

श्रेष्ठलाई बोल्न दिएकोमा वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र गण्डकी अध्यक्ष शुक्रराज शर्माले माफी मागेका छन् ।

श्रोत सेतोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको