काठमाडौं, फागुन ९ गते ।
परिवारका तीन जनाको हत्या गरी आत्महत्या गरेका राजु घिमिरेको शव पोष्टमार्टमका लागि विश्वविद्यालय शिक्षण अस्पताल लगिने भएको छ ।
राजुले नागार्जुन नगरपालिका बैराग टोलमा श्रीमती ईश्वरी श्रेष्ठ, ८ वर्षीया छोरी र साढे २ वर्षीय नातिनीको हत्या गरेका थिए । घटनापछि आफैंले आफन्तलाई फोन गरेर तीन जनाको हत्या भएको जानकारी दिएका थिए ।
घटनाको जानकारी पाएलगत्तै प्रहरीले उनको खोजी गरेको थियो । तर उनको शव घरभन्दा अलि पर फेला परेको थियो । नागार्जुन–५ सितापाइला हरिसिधिस्थित सुधा तामाङको घरमा झुण्डिएर रुखमा झुण्डिएर आत्महत्या गरेकी छन् ।
सुधाका अनुसार बिहान ११ बजेतिर आँगनमा निस्कँदा केही झुण्डिएको देखेकी थिइन् । छिमेकीलाई फोन गरेपछि व्यक्ति झुण्डिएको निष्कर्षमा पुगेर प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार बिहान ११ः१३ बजे रुखमा एक व्यक्ति झुण्डिएको खबर आएको थियो । प्रहरीले उनको शव रुखबाट निकालेर पोष्टमार्टमका लागि पठाएको छ ।